+
+
Shares

राष्ट्रिय सरसफाइ सप्ताह सुरु

अभियानको सोमबार वीर अस्पतालमा सरसफाइ गरेर स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले शुभारम्भ गरेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १३:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले २८ वैशाखदेखि ८ जेठसम्म देशव्यापी ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन गर्ने निर्णय गरेको छ।
  • स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले वीर अस्पतालमा सरसफाइ अभियानको शुभारम्भ गरेकी छन्।
  • सरकारी कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थामा सरसफाइसँगै सूचना बोर्ड र भित्ताहरूको मर्मत तथा रङरोगन गरिनेछ।

२८ वैशाख, काठमाडौं । सरकारले सरकारी निकाय र सार्वजनिक संस्थामा सरसफाइलाई संस्थागत गर्न देशव्यापी ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु गरेको छ ।

अभियानको सोमबार वीर अस्पतालमा सरसफाइ गरेर स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले शुभारम्भ गरेकी हुन् ।

सरकारले सोमबारदेखि ८ जेठसम्म संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका सरकारी कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

कार्यक्रममा मन्त्री मेहताले सरसफाइलाई दैनिक व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइन् ।

वीर अस्पताल देशकै पुरानो र सबैभन्दा बढी सेवाग्राही चाप रहेको अस्पताल भएकाले यहीँबाट सरसफाक्ष अभियान सञ्चालन गरेको उनले जानकारी दिइन् ।

सरसफाइसँगै अब सरकारी कार्यलयमा रहेका सूचना बोर्ड, नागरिक वडापत्र र सङ्केत चिह्नहरूलाई स्पष्ट र व्यवस्थित बनाइनेछ ।

चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रङ्गरोगन गरि मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक र सफा राखिने जर्नाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?