News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले कर्णाली प्रदेशको सुर्खेतमा दुई दिने प्रदेशस्तरीय भेला सुरु गरेको छ।
- भेला शुभ होटलमा मध्यान्ह १२:३५ बजे प्रारम्भ भएको थियो र आशन ग्रहण कार्यत्रलम डेढ मिनेटमै सकिएको थियो।
- सभापति गगनकुमार थापाले उद्घाटन गर्दै बिरुवामा जल सिंचन गरेका छन् र केन्द्रीय सदस्यहरू, प्रदेश सांसद तथा पालिका प्रमुखहरू सहभागी छन्।
२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आज (सोमबार) कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ सुरू भएको छ ।
सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलमा कांग्रेसले मध्यान्हदेखि दुई दिने प्रदेशस्तरीय भेला सुरू भएको हो ।
भेला पूर्वनिर्धारित समय १२:३५ मा प्रारम्भ भएको थियो । कर्णालीमा पनि सुदूरपश्चिमबाट सुरू भएको नयाँ परम्पराबमोजिम आशन ग्रहण गराइएको छ ।
आशन ग्रहण कार्यत्रलम केवल डेढ मिनेटमै सकिएको थियो ।
प्रदेशस्तरीय भेलाको उद्घाटन सभापति गगनकुमार थापाले बिरुवामा जल सिंचन गरेर गरेका छन् ।
उद्घाटन समारोहमा उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेलसँगै कर्णाली प्रदेश सभापति ललितजंग शाही र पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही उपस्थिति थिए ।
उद्घाटन समारोहमा निश्चित संख्यामा तोकिएका केन्द्रीय सदस्यमात्रै सहभागी छन् ।
भेलामा कर्णाली प्रदेश संसदीय दलका नेता, मन्त्री र सांसदहरू, गत निर्वाचनका सबै उम्मेदवारहरू, कर्णाली प्रदेश भित्रका सबै पालिका प्रमुख उपप्रमुख सहभागी छन् ।
प्रतिक्रिया 4