+
+

अमेरिकी डिभी चिठ्ठाको आवेदन असोज १५ गते खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १० गते १७:१९

१० असोज, काठमाडौं । सन् २०१६ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि असोज १५ गते (अक्टोबर १, २०१४) बाट आवेदन दर्ता खुल्ने भएको छ ।

आवेदन दर्ता नेपालमा स्थानीय समयअनुसार ९:४५ बजे बाट सुरु हुनेछ । कार्तिक १७ गते (नोभेम्बर ३, २०१४) मा नेपाली स्थानीय समयअनुसार १०:४५ बजेबन्द हुनेछ ।

डिभी चिट्ठा भर्न कुनै शुल्क लाग्दैन । काठमाडौंस्थित अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ ।

 २०१६ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन विद्युतीय रूपमा दर्ता अवधिभित्र पेश गर्नुपर्नेछ । आवेदकहरूले दर्ता अवधिको बेलामाwww.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डिभी) आवेदन फारम भर्न सकिनेछ ।

दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचित गर्नु अनिवार्य छ ।

दर्ता गरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ र प्रिन्ट गरेर राख्नु उपयुक्त हुनेछ । यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने  एक मात्र  तरिका हो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?