+
+
Shares

एकान्तकुनामा यात्रुलाई मुक्का हान्ने सहचालक पक्राउ

एकान्तकुनामा यात्रुलाई मुक्का हान्ने एक सहचालक पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १६:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको एकान्तकुनामा यात्रुलाई मुक्का हान्ने बा ५ ख ६८४० नम्बरको बसका सहचालक कुशाङ्ग शेर्पा पक्राउ परेका छन्।
  • काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले शेर्पालाई पक्राउ गरी जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको पुष्टि गर्नुभयो।
  • सामाजिक सञ्जालमा भाइरल भएको यात्रु मुक्का हान्ने भिडियोपछि ट्राफिक प्रहरीले कारबाहीका लागि उनलाई पक्राउ गरेको हो।

२८ वैशाख, काठमाडौं । एकान्तकुनामा यात्रुलाई मुक्का हान्ने एक सहचालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बा ५ ख ६८४० नम्बरको यात्रुबाहक बसका सहचालक भोजपुरको साल्पासिलिचो गाउँपालिका–४ घर भएका २६ वर्षीय कुशाङ्ग शेर्पा छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी नवराज अधिकारीले शेर्पालाई पक्राउ गरिएको पुष्टि गरे । सुकेधारा बस्दै आएका उनलाई पक्राउ गरी कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको एसएसपी अधिकारीले बताए ।

यात्रुलाई मुक्का हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिकले उनलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?