News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ मा विशेष आर्थिक क्षेत्रहरूको साझा पूर्वाधार सहित औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उत्पादनमूलक तथा नवप्रवर्तनमा आधारित उद्योगहरूलाई प्रोत्साहन गर्ने योजना सुनाए।
- सरकारले औद्योगिक क्षेत्रलाई पर्यटनसँग जोड्ने नयाँ अवधारणा ल्याएर औद्योगिक ग्राम र उत्पादन केन्द्रहरूलाई औद्योगिक पर्यटनसँग आबद्ध गर्ने लक्ष्य राखेको छ।
२८ वैशाख, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ मा विशेष आर्थिक क्षेत्रहरूको साझा पूर्वाधार सहित औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको छ ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
सरकारले उत्पादनमूलक तथा नवप्रवर्तनमा आधारित उद्योगहरूलाई प्रोत्साहन गर्न विभिन्न रणनीतिक योजना अघि सारेको छ । नीति तथा कार्यक्रम अनुसार आगामी वर्ष ग्रिन मार्केट भिलेज, सूचना प्रविधि ९आईटी० पार्क र कृषि उत्पादन केन्द्रहरू स्थापना गरिने छ ।
यस्ता औद्योगिक क्षेत्रहरूको विकास गर्दा आधुनिक पूर्वाधार निर्माणमा विशेष जोड दिइने राष्ट्रपति पौडेलले बताए ।
सरकारले औद्योगिक क्षेत्रलाई पर्यटनसँग जोड्ने नयाँ अवधारणा पनि ल्याएको छ । औद्योगिक ग्राम र उत्पादन केन्द्रहरूलाई औद्योगिक पर्यटनसँग आबद्ध गरी आर्थिक गतिविधिलाई बहुआयामिक बनाउने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया 4