+
+
Shares
नीति तथा कार्यक्रम :

‘भिजिट नेपाल २०८५’ मनाइने

आगामी आर्थिक वर्षलाई त्यसको पूर्वतयारीका रूपमा काम गर्ने घोषणा राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षलाई \'भिजिट नेपाल २०८५\' को पूर्वतयारीका रूपमा काम गर्ने घोषणा गरे।
  • पौडेलले नागरिक उड्डयन क्षेत्रमा संरचनात्मक सुधार र निजी क्षेत्रको सहभागिता सुधार गर्ने बताए।
  • पर्यटक भिसा पूर्णरूपमा अनलाइन बनाइने र अन्तर्राष्ट्रिय विमानस्थलमा ई–गेट प्रणाली जडान गर्ने घोषणा गरिएको छ।

२८ वैशाख, काठमाडौं । नेपालले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षलाई त्यसको पूर्वतयारीका रूपमा काम गर्ने घोषणा राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन् ।

आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने घोषणा गरे ।

यस क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुधार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गर्ने समेत बताए । पर्यटक भिसा पूर्णरूपमा अनलाइन बनाइने भएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा ई–गेट प्रणाली जडान गर्ने घोषणा उनले गरे । दुई अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडान विस्तार गर्न कूटनीतिक पहल गर्ने घोषणा गरे । पर्या पर्यटनलाई आधुनिक प्रविधिसँग जोडिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?