+
+
Shares

सडक बालबालिका मुक्त गर्ने सरकारको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्षभित्र सडक बालबालिका मुक्त घोषणा गर्ने नीति लिएको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‍मा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सडक बालबालिका मुक्त गर्ने घोषणा गरिने बताए।
  • तीन वटै सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायी बजेट कोड लागु गरिने पौडेलले बताए।

२८ वैशाख, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र सडक बालबालिका मुक्त घोषणा गर्ने नीति लिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‍मा सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सडक बालबालिका मुक्त गर्ने घोषणा गरिने बताए ।

तीन वटै सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायी बजेट कोड लागु गरिने पौडेलले बताए ।

‘असायह, अशक्त र जोखिममा परेका नागरिकको समुदायमै संरक्षण तथा पूनर्स्थापना सेवाको व्यवस्था गरिने छ,’ पौडेलले भने ।

त्यसैगरी अपांगता भएका व्यक्तिलाई उतमशीलता र रोजगारमूलक सिप प्रदान गरी आत्मनिर्भर बनाइने पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?