+
+
Shares

इरानसँगको युद्धविराम ‘लाइफ सपोर्ट’मा : ट्रम्प

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते ९:२०

२९ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरानबीच एक महिनादेखि चलिरहेको युद्धविराम ‘लाइफ सपोर्ट’ मा रहेको बताएका छन् ।

ह्वाइट हाउसको ओभल अफिसमा सोमवार पत्रकारहरूसँग कुरा गर्दै उनले युद्धविराम अहिले जारी रहे पनि अत्यन्तै कमजोर स्थितिमा रहेको बताएका हुन् ।

राष्ट्रपति ट्रम्पको अभिव्यक्तिबाट युद्धविराम औपचारिक रूपमा कायम रहे पनि जुनसुकै बेला भंग हुन सक्ने अत्यन्त कमजोर अवस्थामा पुगेको अनुमान गर्न सकिन्छ ।

ट्रम्पको पछिल्लो अभिव्यक्तिपछि इरानी संसद्का सभामुख मोहम्मद गालिबाफले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘इरानको सेना कुनै पनि हमलाको जवाफ दिन तयार छ ।’

बिहीबार इरानले अमेरिकालाई प्रस्ताव पठाएको थियो । प्रस्तावमा युद्ध समाप्त गर्नुपर्ने र होर्मुज स्ट्रेट फेरि खोल्नुपर्ने सर्त उल्लेख थियो । ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

इरानको प्रस्तावमा तत्काल सबै मोर्चामा युद्ध समाप्त गर्नुपर्ने र लेबनानमा भइरहेको इजरायली हमला रोक्नुपर्ने पनि माग गरिएको थियो ।

यसका साथै अमेरिकी नौसैनिक नाकाबन्दी समाप्त गरेर इरानमाथि आगामी दिनमा हमला नगरिने ग्यारेन्टी माग गरिएको बीबीसीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?