२९ वैशाख, काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डिपी)को भूमिकालाई संसद्मै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रश्न उठाएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुखको भूमिकाप्रति आफूलाई आश्चर्य लागेको बताए ।
‘श्रद्धय सभामुखको भूमिकाप्रति म टिप्पणी भन्दिनँ । तर सभामुखको भूमिकाप्रति केही आश्चर्य लागेको छ’, उनले प्रश्न गरे, ‘म चाहन्छु- यो सदन सभामुखको चेतनाले व्यवस्थित गर्ने हो । यसो किन गर्न सक्नुभएन ?’
यसलाई प्रश्नभन्दा मनमा उठेको खुलदुली रहेको भन्दै आङ्देम्बले थपे, ‘यो सदनलाई गरिमामय बनाउन सक्नुपर्दथ्यो । यसो भएन । यो पनि दु:खकै कुरा रह्यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4