News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीकै कारणले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न नसकेको बताएका छन्।
- प्रतिनिधिसभाले २७ चैतमै संसदीय विषयगत समिति गठन गरेको भए पनि राज्य व्यवस्था समितिको औपचारिक बैठक अहिलेसम्म बस्न सकेको छैन।
- आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई गृह मन्त्रालयको जिम्मेवारी लिन वा समितिमा उपस्थित हुन आग्रह गर्दै जनताको प्रश्नको जवाफ दिन हिचकिचाएको कारण सोधेका छन्।
२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीकै कारण राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न नसकेको बताएका छन् ।
‘सम्माानीय प्रधानमन्त्रीज्यूको कारणले गर्दा राज्य व्यवस्था समितिको बैठक बस्न सकिरहेको छैन,’ आङ्देम्बेले बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भने ।
२१ फागुनमा भएको निर्वाचनबाट आएको प्रतिनिधिसभाले २७ चैतमै संसदीय विषयगत समिति गठन गरेको थियो । वैशाख ४ गते सबै समितिले सभापति पाए । नेतृत्व पाएपछि कैयन समितिका बैठकहरू बस्थ थालेका छन् । तर राज्य व्यवस्था समितिको औपचारिक बैठक बस्न सकेको छैन ।
यो विषयलाई कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रतिनिधिसभाकै बैठकमा उठाएका हुन् ।
आफू पनि राज्य व्यवस्था समिति सदस्य रहेको भन्दै उनले उक्त संसदीय समितिको बैठक बोलाउने तयारी गर्दै गर्दा समेत धेरै घटनाहरू भइसकेको महसुस मुलुकले गरिरहेको बताए ।
प्रधानमन्त्री बालेन शाहलाई उनको आग्रह छ, ‘कि गृहमन्त्री तपाईंले बनाउनुपर्यो । होइन भने गृह मन्त्रालयको जिम्मेवारी लिएको प्रधानमन्त्री त्यो समितिमा उपस्थित हुनैपर्यो ।’
प्रधानमन्त्रीको अनुपस्थितिले कहाँ-कहाँ के कस्ता विषय अवरोधमा पर्ने हुन भनेर पनि उनले प्रश्न गरे ।
जनताको प्रश्नको जवाफ दिन किन प्रधानमन्त्रीले हिचकिचाएको हो भनेर पनि उनले प्रधानमन्त्री शाहलाई प्रश्न गरेका छन् ।
प्रतिक्रिया 4