+
+
Shares

मण्डला ड्रामा स्कूल तेस्रो ब्याचका लागि आवेदन खुला

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मण्डला थिएटरले १८ महिने आवासीय नाट्य प्रशिक्षण कार्यक्रम ‘मण्डला ड्रामा स्कूल : तेस्रो ब्याच’का लागि आवेदन खुला गरेको छ।
  • कार्यक्रमले सातै प्रदेशबाट १४ जना सहभागी छनोट गर्नेछ र महिला, लैंगिक अल्पसंख्यक, अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका युवालाई प्राथमिकता दिनेछ।
  • प्रशिक्षणपछि सहभागीले स्थानीय मुद्दामा आधारित मौलिक नाटक निर्माण गरी नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८८ मा मञ्चन गर्नेछन्।

काठमाडौं । मण्डला थिएटरले १८ महिने आवासीय नाट्य प्रशिक्षण कार्यक्रम ‘मण्डला ड्रामा स्कूल : तेस्रो ब्याच’का लागि आवेदन खुला गरेको छ । यस कार्यक्रममार्फत नेपालभरिका युवा नाटककर्मी, लेखक, निर्देशक तथा सांस्कृतिक नेतृत्वकर्ता तयार गर्ने लक्ष्य छ ।

यो कार्यक्रम युरोपियन युनियनको सहयोगमा सञ्चालन भइरहेको ‘आरएनजीए’ परियोजना अन्तर्गत सञ्चालन हुने प्रेषित विवरणमा उल्लेख छ । यसको उद्देश्य सीमान्तकृत समुदायका युवालाई सिर्जनात्मक अभिव्यक्ति, संवाद र सांस्कृतिक अभ्यासमार्फत सामाजिक रूपान्तरणमा सक्रिय बनाउनु हो ।

तेस्रो ब्याचले व्यवहारिक नाटक निर्माण प्रक्रिया, समावेशी कथा प्रस्तुति, समुदायसँगको सहकार्य तथा सामाजिक सरोकारयुक्त रंगकर्ममा केन्द्रित प्रशिक्षण प्रदान गर्ने उल्लेख छ । कार्यक्रममा अभिनय, निर्देशन, नाटक लेखन, सहभागितामूलक रंगमञ्च, प्राविधिक पक्ष तथा उत्पादन प्रक्रियासम्बन्धी अभ्यास गराइने जनाइएको छ ।

कार्यक्रममा सातै प्रदेशबाट १४ जना (प्रत्येक प्रदेशबाट २ जना) सहभागी छनोट गरिने भएको छ । कार्यक्रमलाई समावेशी र पहुँचयुक्त बनाउन महिला, लैंगिक अल्पसंख्यक समुदाय, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायका युवालाई विशेष प्राथमिकता दिइनेछ जनाइएको छ ।

प्रशिक्षण सम्पन्न भएपछि सहभागीले आफ्ना प्रदेशमा स्थानीय मुद्दामा आधारित मौलिक नाटक निर्माण गर्नेछन्, जुन पछि नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०२८ तथा सम्बन्धित प्रादेशिक महोत्सवमा मञ्चन गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?