+
+
Shares

पोखराबाट एसएलआरको गोलीसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते ६:०६

३० वैशाख, काठमाडौं । पोखरा महानगरपालिका वडा नं.११ रानीपौवाबाट लागूऔषध र एसएलआर हतियारको गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमजुङको क्व्होलोसोथार गा.पा. ९ ठेगाना भई हाल पोखरा महानगरपालिका वडा नं.११ रानीपौवा बस्ने २६ वर्षीय सागर थापा मगर छन् ।

लागू औषध बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय रामबजार र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनको घरकोठामा वैशाख २८ गते दिउँसो खानतलासी गरेको थियो ।

त्यसक्रममा लागू औषध ट्रामाडोल ५० एमजी ट्याब्लेट ८२ चक्की, ट्रापाडोल १०० एमजी लेखिएको ट्याब्लेट १४ चक्की, मोबाइल १ थान र एसएलआर हतियारको जंगी लाइभ राउण्ड गोली १ थान समेत बरामद भएको थियो ।

त्यसपछि प्रहरीले थपामगरलाई पक्राउ गरी जिल्ला अदालत कास्कीबाट लागू औषध सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?