+
+
Shares

सुकुमवासी र अव्यवस्थित बसोबासीको आन्दोलनमा रुपन्देहीका १२ दलको ऐक्यबद्धता

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी सहितका १२ दलले भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोवासीको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते ६:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देहीका १२ राजनीतिक दलले भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोवासीको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन्।
  • दलहरूले बालेन शाह नेतृत्वको सरकारले भूमिहीन र सुकुमवासीलार्ई अमानवीय व्यवहार गरेको भन्दै घोर भर्सना गरेका छन्।
  • जेठ ३ गते रुपन्देहीमा सुकुमवासीहरूको राष्ट्रिय भेला र सरकारविरुद्ध वृहत प्रदर्शन हुने छ।

३० वैशाख, बुटवल । भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोवासीको आन्दोलनमा रुपन्देही जिल्लामा क्रियाशील १२ राजनीतिक दलले ऐक्यवद्धता जनाएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी सहितका १२ दलले भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोवासीको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।

ती दलका नेताहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वको सरकारले भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोवासी माथि अमानवीय व्यवहार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘नेपाली जनतालाई सुशासन, शान्ति र सुरक्षित भविष्य दिने भन्दै चुनावका बेला ठूलो आश्वासन दिएर सत्तारुढ भएको बालेन शाह नेतृत्वको सरकारले भूमिहिन, सुकुमवासी तथा अव्यवस्थित बसोवासीको दीर्घकालीन समाधान नखोजी एकाएक घरबस्तीमा डोजर चलाउने, जबरजस्ती दमन गर्ने, शारीरिक तथा मानसिक यातना दिने एवं संविधान प्रदत्त बाँच्न पाउने मौलिक अधिकारबाट नागरिकलाई बञ्चित गर्ने अमानवीय कार्य गरेकोमा घोर भर्सना गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

यस्तै वर्तमान सरकारको दमनकारी प्रवृत्तिको विरुद्ध भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरुले गरेको न्यायपूर्ण आन्दोलनप्रति दलहरुले ऐक्यवद्धता प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ ।

रुपन्देहीमा आगामी जेठ ३ गते देशभरका सुकुमवासी तथा अव्यवस्थित बसोबासीको राष्ट्रिय भेला र सरकारको विरोधमा वृहत प्रदर्शन हुँदैछ । उक्त भेलाले आगामी आन्दोलनका कार्यक्रमहरु तय गर्ने छ ।

देशभर १२ लाख बढी परिवार सुकुमवासी तथा अव्यवस्थित बसोबासी रहेको सरकारी तथ्यांक छ । तीमध्ये ९० प्रतिशत बढी अव्यवस्थित बसोवासी रहेको बताइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?