+
+
Shares

कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा भेला गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते ९:१०
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का

३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज (बुधबार) काठमाडौंमा भेला गर्दैछ ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूह बागमती प्रदेशस्तरीय भेला गर्न लागेको हो ।

नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा २३ वैशाखमा सम्पन्न  समूहको बैठकले बागमती प्रदेशस्तरीय भेला बलाउने निर्णय गरेको थियो ।

पार्टीलाई एकताबद्ध बनाउनका लागि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय गरिएको नेताहरूको भनाइ छ ।

भेला बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो १ बजेबाट सुरू हुने बताइएको छ । यसअघि यो समूहले विराटनगरमा कोशी प्रदेशस्तरीय भेला आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?