News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले चिया निर्यातको अवरोध समाधान गर्न भारत सरकारसँग कुटनीतिक पहल गर्न माग गर्नुभएको छ।
- उहाँले चिया निर्यात ठप्प जस्तै भएको र यसले किसान, श्रमिक, उद्योगी र देशको अर्थतन्त्रमा प्रभाव पारेको बताउनुभयो।
- नेपालमा चिया उत्पादनको १६३ वर्ष इतिहास छ र १५ हजारभन्दा बढी किसान र ६० हजारभन्दा बढी श्रमिक यसमा संलग्न छन्।
३० वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले चिया निर्यातको अवरोध समाधान गर्न माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भनेका छन्, ‘चिया निर्यात ठप्प जस्तै भएको छ ।’
यसले किसान, श्रमिक, उद्योगी र देशकै अर्थतन्त्रमा प्रभाव पारेको भन्दै उनले थपेका छन्, ‘भारत सरकारसँग कुटनीतिक पहल गरियोस् । चिया निर्यातको अवरोध समाधान गरियोस् ।’
नेपालमा चिया उत्पादनको १६३ वर्ष लामो इतिहास रहेको र हाल यसमा १५ हजार बढी किसान र ६० हजार बढी श्रमिक जोडिएको पनि उनले स्मरण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4