+
+
Shares

बालेन नआएपछि हर्कले छाडे संसद् बैठक

सो पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरू अहिले बैठक छाडेर बाहिरिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाह संसद्मा नीति तथा कार्यक्रमको जवाफ दिन उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका छन्।
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरूले बैठक छाडेर बाहिरिएका छन्।
  • विपक्षीहरूले प्रधानमन्त्रीको अनुपस्थितिमा राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका छन्।

३० वैशाख, काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका छन् ।

सो पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरू अहिले बैठक छाडेर बाहिरिएका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् ।

आजबाट नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ । जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन् ।

उनीहरूले अहिले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?