+
+
Shares

सहकारी पीडितले घेरे बागमती प्रदेश सहकारी रजिष्ट्रार कार्यालय

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा सहकारी पीडितहरूले बुधबार कार्यलय घेराउ गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १४:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सहकारी पीडितहरूले बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय बुधबार घेराउ गरेका छन्।
  • सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा पीडितहरूले १६ सहकारीलाई समस्याग्रस्त घोषणा गर्न माग गरेका छन्।
  • पीडितहरूले बचत फिर्ता दिलाउन दबाब दिएका छन् र कार्यालयमा पटक-पटक ध्याकर्षण गर्दा पनि माग सम्बोधन नभएको भन्दै आक्रोश देखाएका छन्।

३० वेशाख, काठमाडौं । सहकारी पीडितहरूले बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय घेराउ गरेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा सहकारी पीडितहरूले बुधबार कार्यलय घेराउ गरेका हुन् ।

देउराली सहकारीसहित अन्य सहकारी पीडतहरूले सहकारीलाई समस्याग्रस्त घोषणा गरी आफूहरूको बचत फिर्ता दिलाउन माग गर्दै कार्यलयमा दबाब दिएका छन् ।

सहकारी पीडितहरूले बाग्मति प्रदेशमा रहेका १६ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न माग गरेका छन् ।

पीडितहरूले कार्यलयमा पटक-पटक ध्याकर्षण गराउँदा पनि माग सम्बोधन नभएको भन्दै कर्मचारीहरूसँग आक्रोश व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?