+
+
Shares

संविधान संशोधन कार्यदलले जेनजी अगुवालाई छलफलमा बोलायो

शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म जेनजी आन्दोलनका प्रतिनिधिसँग छलफल गर्ने पत्रमा उल्लेख छ । सो क्रममा एक जना वक्ताले ३ मिनेट बोल्ने समय प्रदान गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते २०:३४

३० वैशाख, काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र निर्माण कार्यदलले छलफलमा लागि जेनजी आन्दोलनका प्रतिनिधिहरूलाई बोलाएको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वको कार्यदलले शुक्रबार छलफलका लागि दुई फरक पत्रमार्फत २९ जना जेनजी आन्दोलनका प्रतिनिधिलाई बोलाएको हो ।

दिउँसो ३ बजेदेखि ५ बजेसम्म जेनजी आन्दोलनका प्रतिनिधिसँग छलफल गर्ने पत्रमा उल्लेख छ । सो क्रममा एक जना वक्ताले ३ मिनेट बोल्ने समय प्रदान गरिएको छ ।

छलफलमा बोलाइएका जेनजी प्रतिनिधिमा रक्षा बम, उपार्जुन चाम्लिङ, तनुजा पाण्डे, माजिद अन्सारी, अर्णव चौधरी, रिजन रानामगर, अमृता वन, युजन राजभण्डारी, प्रभाष बस्नेत, पेमा वाङ्गबु, टंक जैसी, यादव अर्याल, यतिश ओझा, जनक पोखरेल, आयुष बस्याल, सुदीप सेठ, अरुणसिंह नेपाली, विप्लवी न्यौपाने, सांकेन राई र मोनिका निरौला छन् ।

यस्तै अर्को पत्रमार्फत लक्ष्मी घिमिरे, मोनिषा चौधरी, प्रज्वल विक्रम राणा, अमित खनाल ऊर्जा, प्रभात लाभ, शरिष्मा थापा, प्रवेश दाहाल, कमल मगर र रुक्साना कपालीलाई पनि छलफलमा बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?