+
+
Shares

हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसायमा रोक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते ११:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्सलाई आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ।
  • प्राधिकरणले बीमा ऐन २०७९ को दफा १३६ (१) बमोजिम वैशाख २९ गते निर्णय गरी रोक लगाएको जनाएको छ।
  • हिमालयन रिइन्स्योरेन्सले पुनर्बीमा दाबी भुक्तानी र रेट्रोसेसन गर्ने कार्य भने गर्न सक्नेछ।

३१ वैशाख, काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्सलाई आर्थिक वर्ष २०८२/ ८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ ।

यद्यपि पुनर्बीमा दाबी भुक्तानी गर्ने कार्य र यसअघि भए, गरेका पुनर्बीमा व्यवसायको रेट्रोसेसन गर्ने कार्य कम्पनीले गर्न सक्नेछ ।

एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले वैशाख २९ गतेको निर्णयअनुसार हिमालयन रिलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको जनाएको छ । प्राधिकरणले बीमा ऐन २०७९ को दफा १३६ (१) बमोजिम कम्पनीलाई रोक लगाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?