+
+
Shares

टेम्पल अफ हेभन पुगेर ट्रम्पले भने- उत्कृष्ट ठाउँ, चीन धेरै सुन्दर छ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते ११:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङको टेम्पल अफ हेभन पुगेर चीनको 'उत्कृष्ट ठाउँ, अविश्वसनीय' भन्दै तारिफ गरेका छन्।
  • चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी कम्पनीहरूका लागि चीनको ढोका थप खुला हुने र ठूला अवसरहरू उपलब्ध हुने बताएका छन्।
  • ट्रम्प र चिनफिङबीच दुई घण्टाको बैठकपछि व्यापारिक नेताहरूसँग भेटवार्ता भएको र चीनले अमेरिकी सामान खरिदमा थप दबाब सहने तयारी देखाएको छ।

३१ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङको ऐतिहासिक टेम्पल अफ हेभन पुगेर चीनको तारिफ गरेका छन्। फोटो सेसनका क्रममा ट्रम्पले भने, ‘उत्कृष्ट ठाउँ, अविश्वसनीय। चीन धेरै सुन्दर छ।’

टेम्पल अफ हेभन चीनको ऐतिहासिक परिसर हो, जहाँ मिङ र चिङ राजवंशका सम्राटहरू राम्रो उब्जनीका लागि प्रार्थना र धार्मिक अनुष्ठान गर्ने गर्थे।

यो बेइजिङको ऐतिहासिक मन्दिर परिसर र ठूलो पर्यटकीय आकर्षणको केन्द्र मानिन्छ। टेम्पल अफ हेभन परिसरलाई दुई दिनअघि नै सर्वसाधारणका लागि बन्द गरिएको थियो।

पत्रकारहरूले दुवै नेतालाई ताइवानबारे भएको छलफललाई लिएर प्रश्न सोधेका थिए। यद्यपि ट्रम्प र चिनफिङले यसको कुनै जवाफ दिएनन्। जब ट्रम्पलाई कुराकानी कस्तो रह्यो भनेर सोधियो, उनले यति मात्र भने, ‘पर्खनुहोस्।’

अहिले ट्रम्प टेम्पल अफ हेभन परिसरबाट बाहिरिइसकेका छन् ।

‘अमेरिकी कम्पनीहरूका लागि चीनको ढोका थप खुला’

चिनियाँ राष्ट्रपति सी जिनपिङले ट्रम्पसँग दुई घण्टा चलेको बैठकपछि अमेरिकी व्यापारिक नेताहरूसँग भेटवार्ता गरेका छन्। उनले अमेरिकी कम्पनीहरूका लागि चीनको ढोका अझ बढी खुल्ने र उनीहरूले यहाँ ठूला अवसरहरू पाउने बताए।

चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार जिनपिङले अमेरिकी कम्पनीहरू लामो समयदेखि चीनको विकासमा सहभागी रहँदै आएको र यसबाट दुवै देशलाई फाइदा पुगेको बताएका छन्।

उनले चीन अमेरिकासँग पारस्परिक सहयोग मजबुत बनाउन चाहने बताए। जिनपिङले अमेरिकी कम्पनीहरूका लागि चीनमा आगामी दिनमा अझ बढी अवसरहरू उपलब्ध हुने बताए।

ट्रम्पले लामो समयदेखि चीनलाई थप अमेरिकी सामान खरिद गर्न दबाब दिँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?