News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म र मोडलिङका १८ जना सेलिब्रेटीलाई 'आईईसी डिजाइनर रनवे १५' मा एउटै र्याम्पमा देखाइने भएको छ।
- शुक्रबार साँझ दरबारमार्गस्थित याक एण्ड यती होटलमा ६६ भन्दा बढी डिजाइनरका १७ फेसन सिक्वेन्स प्रदर्शन हुनेछन्।
- भारतीय कोरियोग्राफर यतिन गान्धीको कोरियोग्राफीमा नेक्स्ट मोडल्स नेपालले शोको व्यवस्थापन गर्दैछ।
काठमाडौं । फिल्म र मोडलिङका १८ जना सेलिब्रेटीलाई एउटै र्याम्पमा देख्न पाइने भएको छ । ‘आईईसी डिजाइनर रनवे १५’ले यी सेलेब्सलाई आकर्षक परिधान सहित प्रस्तुत गर्न लागेको हो ।
स्वस्तिमा खड्का, आँचल शर्मा, अस्मी श्रेष्ठ, नीति शाह, शिल्पा मास्के, कविता नेपाली, हिमाञ्चल केसी, सृच्छा प्रधान, आस्था पोखरेल, सबिता कार्की, इभा गिरी, आना शर्मा, मलिका महत, अदिती अधिकारी, दीपशिखा नेपाल र प्रेमा लमगाडे स्टेजमा देखिन लागेका हुन् ।
दरबारमार्गस्थित होटल याक एण्ड यती होटलमा शुक्रबार साँझ कार्यक्रम आयोजना हुँदैछ । आईईसी कलेजको आयोजनामा हुन लागेको यस शोमा ६६ जना भन्दा बढी डिजाइनरले तयार पारेका १७ वटा फेसन सिक्वेन्स प्रदर्शन हुनेछ । जसका लागि ३० जना व्यवसायिक मोडल र्याम्पमा प्रस्तुत हुनेछन् ।
भारतीय कोरियोग्राफर यतिन गान्धीको कारियोग्राफी रहने शोको व्यवस्थापन जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले गरिरहेको छ । शोलाई अहिलेसम्मकै राम्रो शोको रुपमा प्रस्तुत गर्ने तयारी भैरहेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।
प्रतिक्रिया 4