+
+
Shares

समानुपातिक उम्मेदवारको सूचीमा कुन-कुन सेलिब्रेटी छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १२:५९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै कलाकारलाई समानुपातिक उम्मेदवार बनाएकोमा केहीले नाम फिर्ता लिएका छन्।
  • गायिका सत्यकला राईलाई सूचीबाट हटाइएपछि उनले असन्तुष्टि पोखेकी छन् र अन्य उम्मेदवारलाई आफ्नो एजेन्डा अघि बढाउन आग्रह गरेकी छन्।

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै कलाकारलाई समानुपातिक उम्मेदवार बनाएको थियो ।

विरोधपछि रास्वपा स्वयम र सम्बन्धित कलाकारले आफ्नो नाम फिर्ता लिए । कतिपय कलाकारले नाम फिर्ता नलिएपनि पार्टीले नै सूचीबाट हटाइदिएको छ, जसमध्ये गायिका सत्यकला राई हुन् ।

सूचीबाट आफ्नो नाम हटाइएपछि गायिका राईले सार्वजनिकरुपमै असन्तुष्टि पोखेकी छन् । आफू सूचीमा नअटाएपनि आफ्ना एजेन्डालाई अघि बढाउन उनले सूचीमा नाम भएकाहरूलाई आग्रह गरेकी छन् ।

‘समानुपातिक सूचीबाट नाम हटाइदिनुभएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आभार व्यक्त गर्दछु । हजुरहरूलाई विश्वास दिलाउन चाहन्छु कि यो अन्त्य होइन, सुुरुवात हो’ उनले लेखेकी छन् ।

अहिले पनि रास्वपा अन्य दलभन्दा धेरै समानुपातिक उम्मेदवार उठाउने दल हो । गायक प्रकाश सपुत, अभिनेत्री तथा टिभी होस्ट रीमा विश्वकर्मा, मोडल तथा अभिनेता रुपक घिमिरे, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ बन्दसूचीमा छन् ।

एमालेले गायिका समेत रहेकी कोमल वलीलाई समानुपातिक उम्मेदवार बनाएको छ । यसअघि सिफारिस भएका कलाकार गायिका त्रिशला गुरुङ, टिभी होस्ट आसिफ शाह लगायतले नाम फिर्ता लिइसकेका छन् ।

समानुपातिकका यी उम्मेदवार उपर आयोगले १० माघ गते दाबीविरोध गर्नको लागि समय दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?