+
+
Shares

रास्वपा समानुपातिक उम्मेदवार टासीले भने– नाम फिर्ता लिन चाहन्छु, राजनीतिमा रुचि छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते १०:५६
Listen News
0:00
0:30
🔊

१७ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार सूचीमा परेका पर्वतारोही टासी लाक्पा शेर्पाले नाम फिर्ता लिन चाहेको बताएका छन् । आफ्नै कर्ममार्फत् देशको लागि सक्दो योगदान दिने भन्दै उनले उम्मेदवार सिफारिसबाट नाम फिर्ता लिन चाहेको बताएका हुन् ।

फोर्टिन पिक्स एक्सिपिडिसनका सीईओ टासीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर दलगत राजनीतिमा रुचि नराख्ने बताएका छन् । उनले लेखेका छन्, ‘मलाई पनि प्रतिनिधि सभा सदस्यको लागि समानुपातिकमा मेरो नाम छनोट गर्नु भएकोमा धन्यवाद । तर म दलगत राजनीतिमा रुचि नराख्ने भएकाले मेरो नाम सूचीबाट फिर्ता लिन चाहन्छु ।’

उनले थप लेखेका छन्, ‘म सधैं मेरो देशको उन्नतिका लागि आफ्नै तरिकाले सहयोग गर्न प्रतिबद्ध रहनेछु र म एक साधारण नागरिकको रूपमा, आफ्नो कर्ममार्फत देशको लागि सक्दो योगदान दिनेछु ।’

उनले आगामी निर्वाचनमा सम्पूर्ण राजनीतिक दल तथा योग्य उम्मेदवारहरूलाई शुभकामना पनि दिएका छन् ।

टासी मिङ्मा शेर्पाका भाइ हुन् । मिङ्मा केही दिन अघि औपचारिक रुपमा रास्वपा प्रवेश गरेका थिए । दाजु रास्वपामा प्रवेश गरेर भाषण गरेको भिडियो सेयर गर्दै टासीले उनको राजनीतिक सफलताको शुभेच्छा व्यक्त गरेका थिए ।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा नातावाद, कृपावाद र परिवारवाद हाभी भएको भन्दै आलोचना हुँदै आएको छ । पार्टीभित्रैबाट पनि आलोचना खेपेका सभापति रवि लामिछानेले त्यसलाई सच्याइने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?