News Summary
Generated by OK AI. Editorially reviewed.- रोशन दास निर्देशित फिल्म 'प्रतिवैरम' को एक्सन-प्याक्ड टिजर मधेशको सेटिङमा सार्वजनिक गरिएको छ।
- फिल्ममा सम्राट दासको डेब्यू भूमिका रहेको छ र निर्देशकले यसलाई महत्वपूर्ण करिअरको हिस्सा बताउनुभएको छ।
- फिल्म नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण भई डिजिटल अधिकार युना डिजिटलले खरिद गरेको छ।
काठमाडौँ । रोशन दास निर्देशित फिल्म ‘प्रतिवैरम’ को एक्सन-प्याक्ड टिजर सार्वजनिक गरिएको छ । आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक टिजर मधेशको सेटिङमा बनेको छ ।
सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित यस फिल्मको टिजरले कथावस्तु र चरित्र चित्रणबारे संक्षिप्त प्रकाश पार्छ । दाइजो, दाजुबहिनीबीचको प्रेम सम्बन्ध पनि दर्शाइएको छ ।
शीर्ष भूमिकामा सम्राट दासले अभिनय गरेका छन् । निर्देशक दासका अनुसार यो फिल्म अभिनेता दासको डेब्यू भएपनि यो भूमिका उनको करिअरमा महत्वपूर्ण र सम्झनलायक बन्ने विश्वास लिइएको छ ।
फिल्ममा सुप्रज्ञा शर्मा, वीरेन्द्र कुशवाहा, आलिशा बाँस्तोला, रोन्नी यादव, बिकी शाह, नवीन श्रेष्ठ, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बिके, बिके शाह, रामेश बुढाथोकीको पनि अभिनय छ ।
रेज इन्टरटेनमेन्टले किङ वाईटीसँग सहकार्यमा फिल्म निर्माण गरेको हो । प्रदर्शन आउँदो जेठ महिनामा गर्ने तयारी छ । नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण गरिएको यो फिल्मको डिजिटल अधिकार युना डिजिटलले खरिद गरेको छ ।
प्रतिक्रिया 4