News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक निरोज महर्जनको फिल्म ‘फेरि रेशम फिलिली’ युट्युबमा रिलिज भएको छ।
- फिल्ममा विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरासियाको मुख्य भूमिका छ।
- यो फिल्म २०८१ साल फागुनमा हलमा रिलिज भएको थियो र निर्माता रौनक विक्रम कँडेल हुन्।
काठमाडौ । निरोज महर्जन निर्देशित फिल्म ‘फेरि रेशम फिलिली’ युट्युबमा रिलिज भएको छ । हलमा रिलिज भएको वर्ष नपुग्दै निर्माताले विहिबारदेखि इन्टरनेटमा सार्वजनिक गरेका हुन् ।
विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरासियाको शीर्ष भूमिका रहेको फिल्मले अमेरिका जान संघर्ष गर्ने मुख्य पात्रको कथा पेश गर्छ । यो फिल्म २०८१ सालको फागुनमा हलमा लागेको थियो ।
निर्माता रौनक विक्रम कँडेल हुन् । फिल्ममा नीर शाह, लक्ष्मी गिरी, महेश त्रिपाठी, प्रकाश घिमिरे, रवीन्द्र झा, शिशिर बाङ्देल, मेक्सम गौडेल, एवन उप्रेतीलगायत कलाकारको अभिनय छ ।
बुढासुब्बा डिजिटल युट्युबमार्फत फिल्मलाई रिलिज गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4