News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको लम्किचुहा अस्पताल सञ्चालनमा प्रदेश र स्थानीय तहबीच विवादले सेवा प्रभावित भएको भन्दै सांसद केपी खनालले आपत्ति जनाएका छन्।
- सांसद खनालले विवाद समाधानका लागि दुवै पक्षसँग भेटवार्ता गरी आपसी सहमति र सहयोगमा अस्पताल छिट्टै सञ्चालनमा ल्याउन आग्रह गरेका छन् ।
- खनालले स्वास्थ्य क्षेत्रमा राजनीतिक खिचातानीले सार्वजनिक संस्था कमजोर हुने र नागरिक प्रभावित हुने भन्दै सहकार्य आवश्यक रहेको बताएका छन् ।
३१ वैशाख, काठमाडौं । कैलालीको लम्किचुहा अस्पताल सञ्चालनको अन्तिम चरणमा पुग्दा प्रदेश र स्थानीय तहबीचको विवादका कारण सेवा प्रभावित भएको भन्दै कैलाली-२ का प्रतिनिधिसभा सदस्य केपी खनालले आपत्ति जनाएका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र लम्किचुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाही बीच देखिएको विवादले अस्पतालमा कहिले आन्दोलन त कहिले तालाबन्दीका गतिविधि भएको भन्दै उनले विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएका हुन् ।
सांसद खनालले उक्त अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विवाद समाधानका लागि दुवै पक्षसँग छुट्टाछुट्टै भेटवार्ता गरेको बताएका छन् ।
आपसी सहमति र समझदारीमार्फत अस्पताललाई यथाशीघ्र सञ्चालनमा ल्याउन आग्रह गर्दै आवश्यक समन्वय र सहयोगका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।
उनले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा हुने राजनीतिक खिचातानीका कारण सार्वजनिक संस्था कमजोर बन्ने र नागरिक प्रत्यक्ष रूपमा प्रभावित हुने उल्लेख गर्दै प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।
अस्पताल सञ्चालनलाई प्राथमिकतामा राख्दै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन दुवै पक्षलाई सहमति, सहकार्य र समन्वयमार्फत समाधान खोज्न उनले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।
साथै, संघीय सरकारले नीतिगत तथा कानुनी रूपमा गर्नुपर्ने सहयोगका लागि आफू तयार रहेको जनाउँदै खनालले सर्वपक्षीय सहमति र सहकार्यबाट विवाद समाधान गरी अस्पताललाई छिट्टै सञ्चालनमा ल्याउन राजनीतिक दल, नागरिक समाज र सञ्चार क्षेत्रलाई समेत आह्वान गरेका छन् ।
प्रतिक्रिया 4