News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्रीले नीति तथा कार्यक्रममाथि जवाफ दिन थालेका छन् भने विपक्षीले अवरोध गर्दै ढ्यापढ्याप गरेका छन्।
- सभामुख डीपी अर्यालले विपक्षीको अवरोध पेलेर सदन अघि बढाएका छन्।
३१ वैशाख, काठमाडौं । विपक्षीको अवरोधबीच अर्थमन्त्रीले नीति तथा कार्यक्रममाथि जवाफ दिँन थालेका छन् । विपक्षीले ढ्यापढ्याप गर्दै अवरोध गरे पनि सभामुख डीपी अर्यालले पेलेरै सदन अघि बढाएका हुन् । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको जवाफ माग गर्दै नाराबाजीसमेत गरेका थिए ।
आजै यसअघि प्रधानमन्त्रीको तर्फबाट नीति तथा कार्यक्रममाथिको जवाफ दिन अर्थमन्त्रीलाई सभामुख डीपी अर्यालले अनुरोध गरेलगत्तै विपक्षीले सदन सञ्चालनमा अवरोध गरेका थिए ।
त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । १५ मिनेटपछि पनि विपक्षीले अवरोध जारी राखेपछि सभामुखले पेलेरै सदन सञ्चालन अघि बढाउँदै अर्थमन्त्रीलाई प्रधानमन्त्रीको तर्फबाट जवाफका लागि समय दिए । अहिले विपक्षीले उठेर अवरोध जारी राखेका छन् भने अर्थमन्त्रीले जवाफ दिइरहेका छन् ।
प्रतिक्रिया 4