+
+
Shares
मौद्रिक नीति तेस्रो त्रैमासिक समीक्षा   :

बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन हुने

ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्था समेत यथावत कायम गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते २०:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावालोकन गर्ने भएको छ।
  • राष्ट्र बैंकले मुद्रास्फीति लक्ष्यभन्दा कम भए पनि विश्व भूराजनीतिक तनावले मुद्रास्फीतिमा चाप पर्ने जोखिम औँल्याएको छ।
  • चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक समीक्षा अनुसार वित्तीय प्रणालीमा अधिक तरलता रहँदा समष्टिगत आर्थिक परिसूचकमा प्रभाव व्यवस्थापनमा बैंक सजग रहेको छ।

१ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावालोकन गर्ने भएको छ ।

मौद्रिक नीतिको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो नीतिगत व्यवस्था गर्न लागेको जानकारी गराएको हो ।

राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति बैंकको लक्ष्य अनुरूप नै रहने प्रक्षेपणका आधारमा न्यून आर्थिक वृद्धिको स्थिति दृष्टिगत गरी चालु आव सुरुबाट लिइएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको बताएको छ ।

ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्था समेत यथावत कायम गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आवको मौद्रिक नीति र त्यसका समीक्षामा गरिएका व्यवस्थाबाट मूल्य, वाह्य क्षेत्र र वित्तीय क्षेत्र स्थायित्व कायम हुँदै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने अपेक्षा केन्द्रीय बैंकको छ ।

मुद्रास्फीति बैंकको लक्ष्यभन्दा कम

राष्ट्र बैंकका अनुसार मुद्रास्फीति लक्ष्यभन्दा कम छ । यति हुँदा पनि विश्व भूराजनीतिक तनावका कारण मुद्रास्फीतिमा चाप पर्ने जोखिमतर्फ भने केन्द्रीय बैंकले सचेत गराएको छ ।

पश्चिम एसिया युद्ध सुरु भएयता पेट्रोलियम पदार्थको मूल्यवृद्धि, उद्योगका लागि आवश्यक कच्चापदार्थ र कतिपय उपभोग्य वस्तुको आपूर्ति शृङ्खला प्रभावित भएको समेत केन्द्रीय बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा नेपालमा पेट्रोलको मूल्य ३५ प्रतिशत र डिजेलको मूल्य ५८ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार अर्थतन्त्रको वाह्य क्षेत्र भने सहज अवस्थामा छ । विप्रेषण आप्रवाह उल्लेख्य विस्तार भएको छ । चालु खाता, शोधनान्तर बचत र विदेशी मुद्रा सञ्चिति बढ्दो क्रममा छ ।

नेपालमा करिब ४० प्रतिशत विप्रेषण आप्रवाह पश्चिम एसियाबाट हुने समेत राष्ट्र बैंकले जनाएको छ । त्यस क्षेत्रको तनावले विप्रेषण आप्रवाह प्रभावित हुने र इन्धन तथा आयातित वस्तुको मूल्यवृद्धि भई व्यापार घाटा विस्तार हुने जोखिम देखिएको छ । यसले विदेशी मुद्रा सञ्चितिमा चाप पर्न सक्ने जोखिम राष्ट्र बैंकले औँल्याएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा सामान्य बढेको छ । तथापि, आर्थिक गतिविधि सुधारसँगै यस्तो कर्जामा सुधार आउने अपेक्षा केन्द्रीय बैंकको छ ।

२०८२ चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको प्राथमिक पूँजी र पूँजीकोषको जाखिम भारित सम्पत्तिसँगको अनुपात नियामकीय मापदण्ड भित्रै रहेको र समग्र वित्तीय स्थायित्व कायम रहेको देखिएको छ । पछिल्लो तीन वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति रहँदै आएको समेत केन्द्रीय बैंकले बताएको छ ।

यसरी वित्तीय प्रणालीमा लामो समय अधिक तरलता रहँदा समष्टिगत आर्थिक परिसूचकमा पर्न सक्ने प्रभाव व्यवस्थापनमा बैंक सजग रहेको समेत समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?