+
+
Shares

इरानले भन्यो- होर्मुजमा नयाँ ट्राफिक व्यवस्थापन प्रणाली लागु गर्दैछौं

अमेरिकालाई लक्षित गर्दै उनले त्यो बाटो ‘तथाकथित स्वतन्त्रता कार्यक्रम’का सञ्चालकका लागि भने बन्द रहने उनले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २ गते १८:३७

२ जेठ, काठमाडौं । इरानको राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजीजीले स्ट्रेट अफ होर्मुजको ट्राफिक व्यवस्थापनका लागि नयाँ प्रोफेसनल प्रणाली तयार पारिएको दाबी गरेका छन् । उनले इरानको राष्ट्रिय सम्प्रभसमता र अन्तर्राष्ट्रिय व्यापार सुरक्षाको ग्यारेन्टीका लागि होर्मुजमा एक नयाँ बाटो र ट्राफिक व्यवस्थापन प्रणाली तयार पारिएको बताएका हुन् ।

त्यो प्रणाली छिट्टै सार्वजनिक गरिने उनले बताएका छन् । ‘यो प्रक्रियामा व्यावसायिक जहाज र इरानलाई सहयोगीलाई मात्र फाइदा पुग्नेछ,’ उनले एक्समा लेखेका छन्, ‘यो प्रणालीअनुसार दिइने सेवामा आवश्यक शुल्क भने लिइनेछ ।’

अमेरिकालाई लक्षित गर्दै उनले त्यो बाटो ‘तथाकथित स्वतन्त्रता कार्यक्रम’का सञ्चालकका लागि भने बन्द रहने उनले बताएका छन् ।

अमेरिकाले होर्मुजबाट तेलको आपूर्ति सामान्य बनाउन र विश्व अर्थव्यवस्था स्थिरतातर्फ फर्काउन भन्दै ‘प्रोजेक्ट फ्रिडम’ सुरु गरेको थियो ।

जसअन्तर्गत होर्मुजमा फसेका जहाजलाई खाडीबाट निकालेर सुरक्षित बाटो दिनु रहेको अमेरिकाको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?