+
+
Shares
अध्यागमन विधेयक :

विदेशीको गतिविधि निगरानी गर्न सीडीओको नेतृत्वमा समिति, डिजिटल डिभाइस पनि नियन्त्रणमा लिन सक्ने

विदेशीहरूको गतिविधिको अनुगमन गर्न प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन तथा सुपरीवेक्षण समिति रहने व्यवस्था विधेयकमा थपिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १३:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रस्तावित अध्यागमन विधेयक २०८३ मा विदेशी अनुगमनका लागि प्रत्येक जिल्लामा समिति रहने व्यवस्था गरिएको छ।
  • विधेयकले कूटनीतिक, पर्यटक, अध्ययन, कार्य, व्यावसायिक, प्रेस, आवासीय, गैरआवासीय नेपाली लगायत विभिन्न भिसा प्रकार स्पष्ट उल्लेख गरेको छ।
  • विद्युतीय सामग्री जाँच र नियन्त्रण गर्न महानिर्देशकलाई अधिकार दिइएको छ र भिसा आवेदन निजी संस्थाबाट गराउन सकिने व्यवस्था गरिएको छ।

३ जेठ, काठमाडौं । प्रस्तावित अध्यागमन विधेयक २०८३ मा केही नयाँ व्यवस्थाहरू राखिएको छ ।

अहिले सुझावमा माग गरिएको उक्त विद्येयकमा केही विषयहरू अध्यागमन ऐन २०४९ को भन्दा नयाँ र फरक छन् । जसमा नेपाल भित्रने विदेशी नागरिककाहरूको अनुगमनका लागि समिति रहने भन्ने नयाँ व्यवस्था थप गरिएको छ ।

विधेयकको दफा १६ मा विदेशीको अनुगमन तथा सुरपरिवेक्षणबारे उल्लेख गरिएको छ । विदेशीहरूको गतिविधिको अनुगमन गर्न प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन तथा सुपरीवेक्षण समिति रहने व्यवस्था विधेयकमा थपिएको छ । जसमा प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखदेखि, जिल्लाको पर्यटन हेर्ने कार्यालयका प्रमुख, श्रम हेर्ने कार्यालयका जिल्ला प्रमुख रहेन उल्लेख गरिएको छ ।

त्यसैगरी भिसाका नयाँ प्रकारहरूमा २०४९ को ऐनमा भिसाका प्रकारहरू नियममा तोकिए बमोजिम हुने उल्लेख थियो । तर, २०८३ को विधेयकमा कूटनीतिक, पर्यटक, अध्ययन, कार्य, व्यावसायिक, प्रेस, आवासीय, गैरआवासीय नेपाली, पर्वतारोहण, चलचित्र, खेलकुद र मेडिकल भिसा जस्ता विभिन्न प्रकारका भिसाहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ ।

विदेशीको बसोबास विवरण दर्ता गर्ने भन्ने नयाँ प्रावधान पनि विद्येयकमा उल्लेख गरिएको छ । नेपालमा प्रवेश गर्ने विदेशीले आफ्नो बसोबास गर्ने स्थान र सम्पर्क विवरण अध्यागमन जाँच बिन्दुमा दर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

साथै, होटल, विश्वविद्यालय, वा अस्पतालहरूले पनि आफ्नो परिसरमा बस्ने विदेशीको विवरण अध्यागमन विभागको प्रणालीमा उपलब्ध गराउनु पर्नेछ ।

काबु बाहिरको परिस्थितिमा भिसा दस्तुर छुट दिनसक्ने विद्येयकमा उल्लेख छ । जसमा बाटो बन्द भएको, कर्फ्यू लागेको, महामारी भएको वा दुर्घटनामा परी अस्पताल भर्ना भएको जस्ता काब बाहिरको परिस्थितिमा  भिसा दस्तुर छुट दिने नयाँ प्रावधान राखिएको छ ।

वायुसेवा कम्पनीको दायित्वमा पनि किटान गरिएको छ । जसमा नेपाल प्रवेशमा रोक लगाइएका विदेशीलाई विमानबाट ल्याएमा सम्बन्धित वायुसेवा कम्पनीले नै निजलाई आफ्नै खर्चमा फिर्ता लैजानुपर्ने जिम्मेवारी स्पष्ट पारिएको छ ।

गैरआवासीय नेपालीलाई विशेष सुविधा दिनेबारे पनि विद्येयकमा उल्लेख छ । गैरआवासीय नेपाली नागरिकता वा परिचयपत्र प्राप्त व्यक्ति र निजको परिवारलाई १० वर्षसम्म नि:शुल्क भिसा दिने प्रावधान विधेयकमा समेटिएको छ ।

नेपाली नागरिकलाई विदेश प्रस्थानमा रोकको बारेमा पनि उल्लेख गरिएको छ । २०४९ को ऐनको तुलनामा २०८३ को विधेयकमा नेपाली नागरिकलाई कुन–कुन अवस्थामा विदेश जान रोक लगाउन सकिन्छ भन्ने कुराहरू उल्लेख गरिएको छ । जसमा अदालतको आदेश, फौजदारी कसुरमा अनुसन्धान, राष्ट्रिय सुरक्षामा खतरा जस्ता विषयहरू खुलाइएको छ ।

डिजिटल डिभाइस नियन्त्रणमा लिन सक्ने

विद्युतीय सामग्री जाँच गर्नसक्ने नियन्त्रणमा लिन सक्ने व्यवस्था पनि उल्लेख गरिएको छ । २०४९ को ऐनमा भने लिखत जाँच कब्जा गर्ने वा नियन्त्रणमा लिन सक्ने उल्लेख थियो ।

विधेयकमा महानिर्देशक वा तोकिएको कर्मचारीले विदेशीको राहदानी मात्र नभई अध्यागमनसँग सम्बन्धित ‘विद्युतीय सामग्री’ डेटा समेत जाँच गर्न वा कब्जामा लिन सक्ने अधिकार दिइएको छ ।

यो विद्युतीय सामग्रीको थप ब्याख्या गर्दै अध्यागमनसँग सम्बन्धीत विद्युतीय उपकरण तथा सो सम्बन्धी डेटा रहेको उल्लेख गरिएको छ । सम्बन्धित निकायले आवश्यकताअनुसार प्रहरीको समेत सहयोग लिन सक्ने बताइएको छ ।

अध्यागमन विभागले भिसा आवेदन र कागजात संलग्नको काम कुनै अनुमति प्राप्त निजी संस्था वा फर्म मार्फत गराउन सक्ने नयाँ व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?