+
+
Shares

जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ।
  • नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा अपराह्न ४ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलदेव बडूले बताए।
  • गोदाममा पुराना प्रयोग भइसकेका स्वास्थ्य सामग्री र लिलामी प्रक्रियामा रहेका सामग्रीहरू रहेको र नजिकै फोहोर जलाउन बालिएको आगोबाट आगलागी भएको प्रहरीले जनाएको छ।

३ जेठ, बैतडी । जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ ।

आइतबार दिउँसो करिब साढे ३ बजेको समयमा आगलागी भएको हो ।

आगलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा अपराह्न ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।

गोदाममा पुराना प्रयोग भइसकेका स्वास्थ्य सामग्री र लिलामी प्रक्रियामा रहेका सामग्रीहरू रहेको प्रहरीले बताएको छ ।

नजिकै फोहोर जलाउन बालिएको आगोबाट आगलागी भएको बडूले बताए ।

आगो कसरी सल्कियो भन्नेबारे नखुलेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?