+
+
Shares

सरकारको अधिनायकवादविरुद्ध संगठित भएर आन्दोलनमा उत्रिन युवालाई पोखरेलको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीचको सन्तुलन खल्बल्याउने प्रयास गरिरहेको आरोप लगाउनुभयो।
  • महासचिव पोखरेलले प्रधानमन्त्री संसदप्रति उत्तरदायी नहुने खालको परिपाटी विकास गर्न खोजिएको र सर्वोच्च अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयास भएको बताउनुभयो।
  • उहाँले युवाहरूलाई पपुलिज्मको आवरणमा हुर्किरहेको अधिनायकवाद विरुद्ध संगठित भएर आन्दोलनमा उत्रिन आह्वान गर्नुभयो र मन्त्रीहरूको सम्पत्तिमाथि प्रश्न उठाउनुभयो।

३ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीचको सन्तुलन खल्बल्याउने प्रयास गरिरहेको आरोप लगाउँदै युवाहरूलाई सरकारको अधिनायकवाद विरुद्ध संगठित भएर आन्दोलनमा उत्रिन आह्वान गरेका छन् ।

३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो आह्वान गरेका हुन् ।

उनले सत्तारुढ दल र सरकारबाटै प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुन नपर्ने खालको परिपाटी विकास गर्न खोजिएको आरोप पनि लगाए ।

सरकारले सर्वोच्च अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न गरेको समेत टिप्पणी गरे ।

महासचिव पोखरेलले पपुलिज्मको आवरणमा हुर्कंदै गरेको अधिनायकवादको प्रतिवादका लागि युवाहरू एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘राज्यका तनि वटा अंगहरू कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका बीचको सन्तुलन नै खल्बल्याइएको छ । प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनै नपर्ने खालको परिपार्टी विकास गर्न खोजिएको छ । अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न भएको छ । यो परिस्थितिमा युवाहरूले फेरि पपुलिज्मको आवरणमा हुर्कन खोजिरहेको अधिनायकवादको विरुद्धमा संगठित हुनुपर्ने, आन्दोलित हुनुपर्ने आवश्यकता छ । र त्यो आन्दोलनको आधार अब हामीले जनताको बहुदलीय जनवाद (जबज)को सैद्धान्तिक मार्गदर्शन बनाउनुपर्दछ ।’

उनले सरकारका मन्त्रीहरूको सम्पत्तिमाथि समेत प्रश्न गरे । उनले मन्त्रीहरूले सुनमा लगानी गरेकोप्रति आपत्ति जनाउँदै केमा लगानी गर्ने भन्ने थाहा नभएको मान्छेले मुलुकको विकास गर्न सक्छ ? भन्दै प्रश्न समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?