News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल तामाङ घेदुङको १०औं संघीय महाधिवेशनबाट रामकृष्ण ब्लोन तामाङ अध्यक्षमा निर्वाचित भएका छन्।
- सहअध्यक्षमा सरोजमोहन लामा निर्विरोध र वरिष्ठ उपाध्यक्षमा सञ्चु ब्लोन तामाङ ३६० मतसहित विजयी भएकी छन्।
- प्रदेशगत संघीय सदस्यहरूमा प्रदेश १, मधेश, बागमती, गण्डकी, सुदूरपश्चिम र प्रवास शाखाबाट विभिन्न उम्मेदवार निर्वाचित भएका छन्।
४ जेठ, काठमाडौं । नेपाल तामाङ घेदुङको अध्यक्षमा रामकृष्ण ब्लोन तामाङ निर्वाचित भएका छन् ।
घेदुङको १०औं संघीय महाधिवेशनबाट ब्लोन अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा पाँच जनाले प्रतिस्पर्धा गरेका थिए ।
३०६ मत प्राप्त गर्दै अध्यक्षमा ब्लोन निर्वाचित हुँदा उनका प्रतिस्पर्धीहरू कुमारसिंह घिसिङले ९८, मित्रसेन योन्जनले ५९, अमिर लामा मोक्तानले ३२ र मानबहादुर तामाङले २७ मत प्राप्त गरे ।
सहअध्यक्ष पदमा सरोजमोहन लामा निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदमा सञ्चु ब्लोन तामाङ ३६० मतसहित विजयी भएकी छन् भने उनका प्रतिस्पर्धी हरिजङ तामाङले १३२ मत प्राप्त गरेका छन् ।
पाँच खुल्ला उपाध्यक्ष पदका लागि १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । जसअन्तर्गत काजिमान थिङ ३७८ मत, रुपबहादुर योन्जन २४६ मत, दिनेश कुमार लो १८३ मत, प्रेम लो तामाङ १८१ मत तथा पासाङदोर्जे लामा १७६ मतसहित निर्वाचित भएका छन् ।
महिला उपाध्यक्ष पदमा दिना लामा ३०१ मतसहित विजयी भएकी छन् भने विनामम्बा तामाङ ३२० मत प्राप्त गर्दै निर्वाचित भएकी छन् ।
महासचिव पदमा लिलाकुमार घलान निर्विरोध निर्वाचित भएका छन् । उपमहासचिव (खुल्ला) तर्फ निर्मलबहादुर तामाङ र बिलाम मुक्तान निर्विरोध निर्वाचित भएका छन् भने उपमहासचिव (महिला) मा श्रमिक लामा निर्विरोध निर्वाचित भएकी छन् ।
सचिव पदमा सुनिल मोक्तान २५१ मत, सुन्दर थोकर तामाङ १९९ मत तथा हिरालाल तामाङ १९४ मतसहित विजयी भएका छन् । सचिव (महिला) तर्फ उषा वाइबा ३२७ मत र संगीता तामाङ पाख्रिन २७८ मतसहित निर्वाचित भएका छन् ।
कोषाध्यक्ष पदमा तिर्थमान बल तथा सहकोषाध्यक्ष पदमा सिता चोदेन तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेशगत संघीय सदस्यहरूको परिणाम
प्रदेश नं. १ बाट अर्जुन तामाङ, इन्द्रकुमार योन्जन तामाङ, दलमान तामाङ, पेम्बा गोले तामाङ, प्रदीप लामा तामाङ, मीनबहादुर तामाङ, रामबहादुर वाइबा र रामप्रसाद ग्याबा तामाङ निर्वाचित भएका छन् । महिलातर्फ पेमाकुमारी लामा निर्विरोध निर्वाचित भएकी छन् ।
मधेश प्रदेशबाट अमराज लामा, चन्द्रबहादुर मुक्तान, पूर्णबहादुर मोक्तान, राजकुमार घिसिङ र रामबहादुर घलान निर्वाचित भएका छन् । महिलातर्फ बिना घिसिङ र राम्रीमाया तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
बागमती प्रदेशको १४ खुल्ला सदस्य पदका लागि २५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । कडा प्रतिस्पर्धापछि फुर्साङ मोक्तान तामाङ, कान्छा तामाङ, गोपीराज घलान, फुर्वाग्याल्बो मोक्तान, रोजबहादुर मोक्तान, फुर्पु तेन्जेन तामाङ, चक्रबहादुर पाख्रिन, उदय लामा, रक्षेबहादुर घलान लामा तामाङ, विजयकुमार तामाङ, समिर लामा, सूर्य घिसिङ तामाङ र सूर्यबहादुर तामाङ निर्वाचित भएका छन् ।
बागमती प्रदेशकै महिलातर्फ उर्मिला स्याङ्तान तामाङ, ठुलीमाया मोक्तान, तिरुमाया तामाङ, निर्मला तामाङ, मिक्साङ लामा र लक्ष्मी जिम्बा निर्विरोध निर्वाचित भएका छन् ।
गण्डकी प्रदेशबाट खुल्लातर्फ जसपाल पाख्रिन, बिरसुब्बा तामाङ र भक्तबहादुर तामाङ निर्विरोध निर्वाचित भएका छन् भने महिलातर्फ आशा बमजन र जुना तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन मण्डलका प्रमुख बरिस्ठ अधिवक्ता डा. कुन्साङ योन्जनका अनुसार लुम्बिनी र कर्णाली प्रदेशबाट कुनै पनि पदमा उम्मेदवारी परेको थिएन ।
सुदूरपश्चिम प्रदेशबाट केशवकुमार लामा निर्विरोध निर्वाचित भएका छन् भने प्रवास शाखा तथा आबद्ध शाखाबाट ज्ञानबहादुर तामाङ निर्वाचित भएका छन् ।
आबद्ध संस्थाको महिला खुल्लातर्फ छोइसल घलान, लक्ष्मीमाया वाइबा, शर्मिला लामा, शान्ताकुमारी तामाङ, शान्ती दोङ तामाङ, सफलता तामाङ र शुसिला वाइबा तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
१ देखि ३ जेठसम्म काठमाडौंमा सम्पन्न महाधिवेशनको अन्तिम मतपरिणाम निर्वाचन मण्डलले आज मध्यरातमा सार्वजनिक गरेको हो ।
प्रतिक्रिया 4