+
+
Shares

सरकार मुलुकको समस्या समाधान गर्ने कुरामा केन्द्रित भएन : राप्रपा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १६:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमा मुलुकको समस्यालाई समाधान गर्ने कुरामा केन्द्रित नभएको बताइन्।
  • उनले सरकारले बजेटमा सामाजिक, आर्थिक यथार्थलाई ध्यान नदिई पूँजीगत खर्च कमजोर र स्थानीय तहमा सेवा असमान रहेको उल्लेख गरिन्।
  • ओलीले सरकारले नागरिकलाई आशावादी बनाउनका लागि गरिएको प्रयासको कुनै अर्थ नहुने र समस्या पहिचान गरेर उचित इन्टरभेन्शन गर्नुपर्ने बताएकी छन्।

४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार मुलुकको समस्यालाई समाधान गर्ने कुरामा केन्द्रित नभएको दाबी गरेको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उक्त पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सो कुरा बताएकी हुन् ।

उनले सरकारले सो विधेयक मुलुकको समस्यालाई यथार्थपरक ढंगले विश्लेषण गर्दै ती समस्याहरू समाधान हुने गरी नल्याएको जिकिर समेत गरिन् ।

‘हामीले तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू बजेटको फोकस चाहिन्छ । हाम्रा सामाजिक, आर्थिक यथार्थहरू कस्ता छन ? त्यता ध्यान पुर्‍याऔं । आज राज्यको राजश्व दबाबमा छ । युवाहरू विदेश पलायन भइराखेको छन् । कृषि उत्पादन घटदो छ । प्राईभेट सेक्टर त्रसित छ । सार्वजनिक ऋणको भार बढिरहेका छन्,’ उनले भनिन् ।

प्रमुख सचेतक ओलीले यथार्थभन्दा बाहिर गएर सरकारले नागरिकलाई आशावादी बनाउनका लागि गरिएको प्रयासको कुनै अर्थ नहुने पनि बताइन् ।

‘पूँजीगत खर्च अत्यन्त कमजोर छ । स्थानीय तहमा सेवा प्रवाह असमान छ । यस्ता यथार्थबीच यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढदै गर्दा सरकारले समस्या पहिचान गर्दै उचित इन्टरभेन्शन गर्नु भन्दा नारामूलक आशावादी फेरी पनि प्रस्तुत गरेको होकि भन्ने मलाई लागि रहेको छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?