+
+
Shares

नेपालमा बसेर शंकास्पद क्रियाकलापमा संलग्न एक जापानी नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अध्यागमन विभागले नेपालमा शंकास्पद क्रियाकलापमा संलग्न एक जापानी नागरिकलाई पक्राउ गरेको छ।
  • पक्राउ परेका जापानी नागरिकले सन् २०१२ देखि नेपालमा अनुमति नलिई ६ वर्षसम्म गैरकानूनी व्यवसाय सञ्चालन गरेको खुलेको छ।
  • ती व्यक्तिले पोखरा र झम्सिखेलमा व्यवसाय दर्ता गरी सञ्चालन गरेका छन् तर कर तिरेको देखिएको छैन।

४ जेठ, काठमाडौं । नेपालमा बसेर शंकास्पद क्रियाकलापमा संलग्न एक जापानी नागरिक पक्राउ परेका छन् । भिसाको उद्देश्य विपरित नेपालमा बसेर शंकास्पद नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्ति सन् २०१२ मा पहिलो पटक पर्यटक भिसामा नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ । उनले नेपालमा अनुमति नलिई ६ वर्षसम्म गैरकानूनी रुपमा व्यवसाय सञ्चालन गरेको पनि अध्यागमनले जनाएको छ ।

स्थानीय तहमा व्यवसाय दर्ता गरे पनि कुनै पनि वर्षमा नेपाल सरकारलाई बुझाउनुपर्ने कर तिरेको नदेखिएको समेत प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

त्यस्तै, नेपाली महिलासँग विवाह गरेका जापानका नागरिक प्रष्ट नेपाली भाषा बोल्ने गरेको पाइएको छ । ती व्यक्तिले पोखरा लेखनाथ महानगरपालिकामा व्यवसाय दर्ता गरी पुम्दी पभुम्दीमा पिस अफ माईन्ड रेष्टुरेण्ट क्याफे सञ्चालन गरेका छन् ।

सम्बन्धित सरकारी कार्यालयमा व्यवसाय स्थानान्तरणसम्बन्धी प्रक्रिया पूरा नगरी विगत ४ वर्षदेख झम्सिखेलमा कफी सप सञ्चालन गरिरहेको पनि भेटिएको छ ।

नेपाली नागरिकसँग विवाह गरी नेपालमा विवाह भिसामा बसेको पनि देखिएको छ । ती व्यक्तिले व्यवसाय दर्ता नै नगरी काम गरिरहेको र नेपाल सरकारलाइ तिर्नुपर्ने कर तिरेको नदेखिएको अध्यागमनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?