+
+
Shares

स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते ८:३६

४ जेठ, स्याङ्जा । स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । स्याङ्जाको हरिनास गाउँपालिका–६ मा भएको घटनापछि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गत शुक्रबार राति करिब ११ बजेतिर हरिनास गाउँपालिका-६ निवासी १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको भन्ने सूचना प्रहरीमा पुगेपछि तत्काल प्रहरी परिचालन गरिएको थियो ।

घटनापछि जिल्ला प्रहरी कार्यालय स्याङ्जा र इलाका प्रहरी कार्यालय चिसापानीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आरोपित २८ वर्षीय सन्दीप विकलाई शनिबार पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका विक पनि हरिनास गाउँपालिका–६ कै स्थायी बासिन्दा हुन् । उनलाई घटनास्थल आसपासबाट नियन्त्रणमा लिइएको र अहिले जबरजस्ती करणी कसूरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि पीडित बालिकाको स्वास्थ्य परीक्षणसहित आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । बालिकाको अवस्थाबारे थप विवरण भने सार्वजनिक गरिएको छैन । बालअधिकार र संवेदनशीलतासँग जोडिएको विषय भएकाले पीडितको पहिचान खुल्ने कुनै पनि विवरण सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी चौधरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान भइरहेको बताए । उनका अनुसार पक्राउ परेका व्यक्तिविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।

‘घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरिएको थियो । आरोपितलाई नियन्त्रणमा लिएर स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ’, उनले भने, ‘हाल घटनासम्बन्धी थप अनुसन्धान जारी छ र कानुनी प्रक्रिया अनुसार कारबाही अगाडि बढाइएको छ ।’

प्रहरीले आइतबार स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । घटनासँग सम्बन्धित थप प्रमाण संकलन, बयान तथा अन्य प्रक्रिया जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?