+
+
Shares

रोल्पामा सकेट बम फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १२:५१

५ जेठ रोल्पा । रोल्पामा सकेट बम फेला परेको छ । परिवार्तन गाँउपालिका-३ बागमारास्थित पाछावाङ खोलामा जाली लगाउन खन्ने क्रममा सकेट बम फेला परेको हो । मंगलबार बिहान २ वटा सकेट बम फेला परेको हो ।

शंकास्पद वस्तु फेला परेपछि मजदुरले सुरक्षालाई खबर गरेका थिए । खबर पाएलगत्तै पुगेको सूर्य दलगण लिबाङको बम डिस्पोजल टोली पुगेको थियो ।

प्रमुख सेनानी ईश्वर थापाका अनुसार उक्त संकास्पद बस्तु सकेट बम भएको पुष्टि भएको छ । “संकास्पद वस्तु भएको ठाउँमा पुगेर हेर्दा सकेट बम भएको देखियो । अहिले डिस्पोजल टोलीले नियन्त्रणमा लिइसकेको छ । उनले भने ।

उक्त बम माओवादी युद्धका समयमा राखिएको हुनसक्ने सुरक्षा निकायको आकलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?