+
+
Shares

उजुरीकर्तासँग छलफल सकियो, साढे १ मा प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरीमाथि छलफल भएको छ।
  • उजुरीकर्ताहरूले शर्माको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाएका छन्।
  • मकवानपुरका उजुरीकर्ता दिपक न्यौपानेले शर्माको शैक्षिक प्रमाणपत्र माग गरी अध्ययन गर्न अनुरोध गर्नुभएको छ।

५ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि संसदीय सुनुवाइ चलिरहेको छ । संसदीय सुनुवाइ समितिमा अहिले उजुरीकर्ताहरूसँगको छलफल सकिएको छ ।

उजुरीकर्ताहरूले शर्माको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाएका छन् । उनीविरुद्ध परेका १६ वटा उजुरीमाथि छलफल भएको हो ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा जारी छलफलमा मकवानपुरका उजुरीकर्ता दिपक न्यौपानेले उनको शैक्षिक प्रमाणपत्र मगाएर अध्ययन गर्न माग गरे ।

अब दिउँसो साढे १ बजे प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथिको थप सुनुवाइ सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?