+
+
Shares

प्रधानन्यायाधीशमा मनोज शर्माको नाम अनुमोदन

सोमबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले उनको नाम अनुमोदन गरेको हो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १५:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम संसदीय सुनवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ।
  • समितिले मंगलबार नै सुनुवाइ गरी प्रधानन्यायाधीशमा उनको नाम अनुमोदन गरेको हो।

५ जेठ, काठमाडौं । प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ । मंगलबार बसेको संसदीय सुनवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो ।  समितिले मंगलबार नै सुनुवाइ गरेको हो ।

सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

अब अनुमोदनपछि  संसद् सचिवालयले राष्ट्रपति कार्यालयमा जानकारी पठाउँछ । त्यसपछि उनको  औपचारिक नियुक्ति हुनेछ । संवैधानिक परिषद्ले  न्याय परिषद्ले पठाएका ६ जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो ।

संवैधानिक परिषद्ले विगतको वरिष्ठताक्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिस गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतकाले विरोध पनि गरिरहेका छन् ।

सर्वोच्च अदालतमा बरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल  छिन् ।  वरीयताक्रममा उनी नै प्रधानन्यायाधीश हुने आकांक्षी थिइन्  ।

सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेर प्रधानमन्त्रीले चाहेको व्यक्तिलाई  अनुमोदन गर्नका लागि सहजता हुने वातावरण तयार  गरेका थिए । ६ सदस्यीय संवैधानिक परिषद्‌मा ३ जनाले नै पनि  निर्णय गर्न सक्ने प्रवाधान अध्यादेशमा राखिएको थियो ।  त्यही अध्यादेश आएपछि संवैधानिक परिषद्ले बैठक गरी शर्माको नाम सिफारिस गरेको थियो ।

शर्माको नाम सिफारिसप्रति प्रमुख विपक्षी दलका नेता भिष्मराज आङ्देम्बे र  राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले असहमति राखेका थिए । संवैधानिक परिषद्का २ सदस्यको असहमतिकाबीच शर्माको नाम संवैधानिक परिषद्‌बाट निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?