News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि ४७ आवेदकबाट ४ जनाको संक्षिप्त सूची तयार गरिएको छ।
- डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपाल भट्टलाई जेठ ८ गते अर्थमन्त्रालयमा छलफलका लागि बोलाइएको छ।
- समितिले कम्तीमा ३ जनाको नाम सिफारिस गर्नेछ र मन्त्रिपरिषद्ले एक जनालाई बोर्ड अध्यक्ष नियुक्त गर्नेछ।
५ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नाम सिफारिसका लागि गठित सिफारिस समितिले संक्षिप्त सूची तयार गरेको छ ।
आवेदक ४७ जनामध्येबाट ४ जना छनोटमा परेका छन् । छनोटमा परेकामा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपाल भट्ट रहेका छन् । यी चार जनालाई समितिले जेठ ८ गते छुट्टाछुट्टै छलफलका लागि अर्थमन्त्रालयमा बोलाएको छ ।
समितिले यी ४ मध्येबाट अब कम्तीमा ३ जनाको नाम अध्यक्षका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । समितिले सिफारिस गरेकामध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्ष नियुक्त गर्नेछ ।
अध्यक्षका लागि छनोट भएका ४ जनामध्येका भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । त्यस्तै छनोट भएका क्षेत्री पनि राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । केही समय अघिमात्र अवकाश पाएका अधिकारी धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक हुन् । त्यसैगरी छनोट भएका आचार्य बोर्डका बहालवाला कार्यकारी निर्देशक हुन् ।
प्रतिक्रिया 4