+
+
Shares

विधि र प्रक्रियाका आधारमा सुकुमवासीको समस्या समाधान गरौं : रास्वपा सांसद पाठक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १९:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद देवराज पाठकले सुकुमवासीमाथि सिर्जना गरिएको त्रासको वातावरण तत्काल अन्त्य गर्न सरकारसँग माग गर्नुभएको छ।
  • सांसद पाठकले दार्चुलाका प्रधानाध्यापक बलदेव सिंह धामीको आत्महत्या प्रकरणप्रति दु:ख व्यक्त गर्दै दोषीलाई कडा कारबाही गर्न आग्रह गर्नुभएको छ।
  • पाठकले मध्यम आय मुलुकमा स्तरोन्नति र सार्वजनिक सेवामा सुधारका लागि कानुनी उल्झन र प्रशासनिक कमजोरी चुनौती हुन सक्ने बताउनुभएको छ।

५ जेठ, काठमाडौं । रास्वपा सांसद देवराज पाठकले सुकुमवासी र अव्यवस्थित बसोवासीहरूमाथि पछिल्लो समय सिर्जना गरिएको त्रासको वातावरण तत्काल अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद पाठकले स्थानीय तह र विभिन्न सरकारी कार्यालयहरूले पत्राचारमार्फत नागरिकलाई आतंकित बनाउने काम गरिरहेको भन्दै आपत्ति जनाए ।

‘सरकारले प्राधिकरण गठन गरेर सुकुमवासी समस्याको स्थायी समाधान गर्ने तयारी गरिरहँदा स्थानीय स्तरमा भने उठीबासको त्रास फैलाउने काम भइरहेको छ । विधि, प्रक्रिया र मापदण्डका आधारमा समस्या समाधान गर्नुपर्छ,’ सांसद पाठकले भने, ‘यसरी नागरिकलाई आतंकित पार्ने कार्य तत्काल रोक्न सरकारले स्पष्ट सूचना प्रवाह गर्नुपर्दछ । नाका क्षेत्रका सडकहरूलाई नेपालका मूल सडकसँग नजोडी नाकामा कडाइ गर्दा स्थानीय जनता आतंकित भएका छन् ।’

बैठकमा सांसद पाठकले दार्चुलाका प्रधानाध्यापक बलदेव सिंह धामीको आत्महत्या प्रकरणप्रति दु:ख व्यक्त गर्दै उक्त घटनाले शिक्षा क्षेत्रमा व्याप्त राजनीतिक चलखेललाई उदाङ्गो पारेको टिप्पणी पनि गरे ।

इमान्दार व्यक्तिको आत्मसम्मानमा प्रहार हुँदा यस्तो अप्रिय घटना घटेको उल्लेख गर्दै उनले आत्महत्या दुरुत्साहन गर्ने दोषीहरूलाई हदैसम्मको कारबाही गर्न माग गरे ।

नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने, सार्वजनिक सेवामा सुधार, दोहोरो करमुक्ति सम्झौताको विस्तार र डायस्पोरा लगानी भिर्त्याउने नीतिहरू प्रशंसनीय भए पनि कमजोर प्रशासनिक संयन्त्र र कानुनी उल्झनहरू यसका लागि चुनौती बन्न सक्ने उनको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?