News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको छ ।
- सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को सो निर्णयबारे जानकारी दिएका हुन्।
११ जेठ, काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
डंगोल हाल पर्यटन मन्त्रालयमा सहसचिव छन् । यसअघि उनले प्राधिकरणकै निमित्त महानिर्देशकका रूपमा काम गरेका थिए ।
पर्यटन मन्त्रालयमा शाखा अधिकृतका रूपमा कार्यरत रहँदै डंगोलले सिधै सहसचिवमा नाम निकालेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4