+
+
Shares

ट्रान्स महिला निलम पौडेलले गरिन् सगरमाथा आरोहण

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते २१:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालकी ट्रान्स महिला निलम पौडेलले गत शनिबार सगरमाथाको सफल आरोहण गरेकी छिन् ।
  • योसँगै उनी सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला बनेकी छिन् ।
  • पौडेलले भनिन्, "यो सफलता मेरो मात्र होइन, आफूलाई कहिल्यै स्वीकार नगरिएको महसुस गर्ने सबै मानिसहरूको हो ।"

११ जेठ, काठमाडौं । नेपालकी ट्रान्स महिला निलम पौडेलले सगरमाथा आरोहण गरेकी छिन् । उनले गत शनिबार सगरमाथाको सफल आरोहण गरेकी हुन् ।

योसँगै उनी सगरमाथा आरोहण गर्ने पहिलो महिला ट्रान्स महिला बनेकी छिन् ।

यस आरोहणलाई वर्षौँसम्म भोगिएको सामाजिक विभेद, अस्वीकृति र पहिचानको संघर्षमाथिको विजयको प्रतीकका रूपमा उनले लिएकी छिन् ।

‘यो सफलता मेरो मात्र होइन, आफूलाई कहिल्यै स्वीकार नगरिएको महसुस गर्ने सबै मानिसहरूको हो,’ उनले भनेकी छिन् ।

साथै उनको यो सफलतालाई युवा, मानवअधिकारकर्मीह तथा ट्रान्स समुदायले समावेशी र समानताको दिशामा महत्त्वपूर्ण कदमको रूपमा स्वागत पनि गरेका छन् ।

त्यस्तै विविधता, साहस र खुलापनका साथ जीवन जिउने हक्को प्रतीकको रूपमा नयाँ अर्थ प्रदान गर्ने उक्त समुदायको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?