+
+
Shares

काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, ३८ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते ११:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कपिलवस्तुको बरइपुरमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।
  • घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

१२ जेठ, बुटवल । कपिलवस्तुको बरइपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।

महाराजगंज नगरपालिका-४ बरइपुरस्थित तौलिहवा-बहादुरगंज हुलाकी सडकखण्डमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १२६६ नं को बस बिहान सवा ३ बजे आफैं अनियन्त्रित भई दुर्घटना भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम, र अन्य १७ जना सामान्य रहेको र अन्य सकुशल सबै घाइतेहरुलाई विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?