+
+
Shares

प्रधानमन्त्रीले गरे ईयूमा आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल

मंगलबार बिहान (ईयू) मा आबद्ध काठमाडौं र नयाँ दिल्लीका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १३:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले युरोपेली संघमा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गरेका छन् ।
  • छलफलमा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध सुदृढीकरण र सहकार्यका विविध विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ ।
  • यसअघि उनले चैत २५ गते नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक संवाद गरेका थिए ।

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग छलफल गरेका छन् ।

मंगलबार बिहान (ईयू) मा आबद्ध काठमाडौं र नयाँ दिल्लीका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित भएको सचिवालयले बताएको छ ।

यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?