+
+
Shares

मेकअप कलाकार तथा ट्रान्स-वुमन निलम सगरमाथाको चुचुरोमा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १४:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ट्रान्स-वुमन निलम पौडेल सगरमाथाको सफल आरोहण गर्ने नेपालको पहिलो ट्रान्स महिला बनेकी छन् ।
  • शनिबार सगरमाथाको सफल आरोहण गरेकी पौडेल काठमाडौं फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
  • उनले भनिन्, "मेरो यो आरोहणले सीमान्तकृत समुदायका व्यक्तिहरूलाई ‘हामी पनि सक्छौँ’ भन्ने सशक्त सन्देश दिएको छ ।"

काठमाडौं । व्यवसायिक मेकअप कलाकार तथा ट्रान्स-वुमन निलम पौडेलले सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी छन् । योसँगै उनी सगरमाथाको चुचुरोमा पुग्ने नेपालको एलजीबीटीक्यू समुदायकी पहिलो ट्रान्स महिला बनेकी छन् ।

शनिबार बिहान उनी सर्वोच्च शिखरको चुचुरोमा पुगेकी हुन् । मंगलबार बिहान काठमाडौं आइपुगेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

‘मेरो लागि यो आरोहण व्यक्तिगत शौर्यको मात्र प्रमाण होइन, वर्षौँसम्म भोगिएको सामाजिक विभेद, अस्वीकृति र पहिचानको संघर्षमाथिको विजयको प्रतीक पनि हो’ उनले भनिन्, ‘मेरो यो आरोहणले सीमान्तकृत समुदायका व्यक्तिहरूलाई ‘हामी पनि सक्छौँ’ भन्ने सशक्त सन्देश दिएको छ र विश्वभरका एलजीबीटीक्यू समुदायको आवाजलाई उचाइमा पुर्‍याएको छ ।’

पौडेलको सफलताले सगरमाथालाई पर्वतारोहणको उपलब्धिका साथसाथै विविधता, साहस र खुलापनका साथ जीवन जिउने प्रतीकको रूपमा नयाँ अर्थ प्रदान गरेको नीलहिरा समाजले जनाएको छ ।

निलम लामो समयदेखि फिल्म, संगीत र फेसनसहितको कला क्षेत्रमा व्यवसायिक मेकअप आर्टिस्टको रुपमा कार्यरत छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?