+
+
Shares

संसद्‌मा प्रधानमन्त्री उपस्थित हुनुपर्ने विपक्षको मागमा सभामुखको समर्थन

‘जनतालाई सम्बोधन गरिदिनुपर्या्े । जुन विषय अत्यन्तै जायज छ । संविधानत: छ । नियमावलीसम्मत छ । कानुनसम्मत छ । जनताको माग पनि त्यही हो,’ सभामुखले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १४:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति बिना सदन चल्न नदिने अडान राखेका छन् ।
  • सभामुख डोलप्रसाद अर्यालले संसद्‌मा प्रधानमन्त्री उपस्थित हुनुपर्ने विपक्षीको मागमा समर्थन जनाउनुभएको छ ।
  • सभामुख अर्यालले प्रधानमन्त्री छिट्टै संसद्‌मा उपस्थित हुने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

१२ जेठ, काठमाडौं । संसद्मा प्रधानमन्त्री उपस्थित हुनुपर्ने विपक्षको मागमा सभामुख डोल प्रसाद अर्यालले समर्थन जनाएका छन् । साथै, छिट्टै प्रधानमन्त्री संसद्मा उपस्थित हुने विश्वास पनि व्यक्त गरे ।

सोमबार प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीकाके उपस्थिति बिना सदन चल्न नदिने अडान राखे ।

त्यसपछि सभामुखले संसद्‌मा प्रधानमन्त्री उपस्थित हुनुपर्ने विपक्षको मागमा समर्थन जनाएका हुन् ।

‘हामीले केही दिन देखि एउटै विषयमा प्रवश गरिरहेका छौं । प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्‍यो र सार्वभौम सांसदले उठाउन् प्रश्नको जवाफ दिनुपर्‍यो । आफ्ना कुरा राखिदिनुपर्‍यो । जनतालाई सम्बोधन गरिदिनुपर्‍यो । जुन विषय अत्यन्तै जायज छ । संविधानत: छ । नियमावलीसम्मत छ । कानुनसम्मत छ । जनताको माग पनि त्यही हो,’ सभामुखले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?