+
+
Shares

सभामुखले भने– प्रधानमन्त्री संसद्‌मा आउनेबारे संवाद भइरहेको छ, छिट्टै मिति तय हुन्छ

विपक्षीहरूको विरोधपछि सभामुखले भनेका छन्, ‘मलाई विश्वास छ । सत्तापक्षका मुख्य सचेततकले दिएको जानकारी अनुसार प्रधनमन्त्रीले छिट्टै उपस्थित भएर यहाँहरुको जिज्ञासा सम्बोधन गर्नुहुनेछ । छिट्टै मिति पनि तय हुनेछ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित हुने विषयमा संवाद भइरहेको जानकारी प्रतिनिधिसभा बैठकमा गराउनुभएको छ ।
  • प्रधानमन्त्रीको संसद्मा उपस्थितिको माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् ।
  • सभामुख अर्यालले प्रधानमन्त्री छिट्टै उपस्थित भएर सांसदहरूका जिज्ञासा सम्बोधन गर्ने र त्यसको मिति चाँडै तय हुने विश्वास व्यक्त गर्नुभयो ।

१२ जेठ, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाह संसद्मा आउनेबारे संवाद भइरहेको जानकारी गराएका छन् ।

साथै, चाँडै मिति तय हुने सूचना पनि आफूले पाएको उनले मंगलबार प्रतिनिधिसभा बैठकमा जानकारी गराए ।

प्रधानमन्त्रीको उपस्थितिको विषयमा पटक पटक विपक्षी दलका नेताहरूसँग संवादहरू भएको र सत्तापक्षका नेताहरूसँग पनि संवाद भइराखेको उनले बताए ।

आज पनि प्रधानमन्त्रीको संसद्मा उपस्थिति हुनुपर्ने भन्दै विपक्षीहरूले अवरोध गरेका छन् ।

सो क्रममा सभामुख अर्यालले विपक्षीलाई आश्वस्त पार्दै भने, ‘प्रधानमन्त्रीसँग मेरो संवाद भइरहेको छ । प्रधानमन्त्री आउने तयारी गरिरहनुभएको छ । सदनमा भरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ । सरकार जानकार छ । यसकारणले आज पनि यहाँहरुले राख्नु भएको विष्पायमा मेरो ध्यानाकर्षण भएको छ । कार्यसूचीलाइ अगाडि बढाऔं ।’

फेरि पनि विपक्षी दलहरूले प्रधनमन्त्रीको उपस्थिति खोजे ।

विपक्षीहरूको विरोधपछि सभामुखले भनेका छन्, ‘मलाई विश्वास छ । सत्तापक्षका मुख्य सचेततकले दिएको जानकारी अनुसार प्रधनमन्त्रीले छिट्टै उपस्थित भएर यहाँहरुको जिज्ञासा सम्बोधन गर्नुहुनेछ । छिट्टै मिति पनि तय हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?