+
+
Shares

विपक्षीको विरोधलाई रास्वपा सांसद जगदीश खरेलले भने ‘तमासा’

सांसद खरेलको उत्तेजित अभिव्यक्तिपछि विपक्षी दलका सांसदहरू थप उग्र बने । त्यसपछि सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १५:३४

१२ जेठकाठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले गरेको विरोधलाई सत्तापक्ष रास्वपाका सांसद जगदीश खरेलले तमासा संज्ञा दिएका छन् ।

संसद्मा प्रधानमन्त्रीको जवाफदेहिता र उपस्थिति माग गर्दै निरन्तर विरोध गरिरहेका विपक्षी दलहरूलाई उनले आरोप लगाएपछि बैठक केहीबेर स्थगित भएको छ । विपक्षीको विरोधकाबीच पनि संसद्को कारबाही अघि बढीरहेको थियो ।

 कार्यसूची अनुसार पर्यटन विधेयकमाको सैद्धान्तिक छलफलमा भाग लिन रोस्टममा पुगेका सांसद खरेलले सुरूमै विपक्षीहरूलाई आरोप लगाउन थालेपछि फ्लोरमा उनीविरुद्ध विरोध गरिरहेका सांसदहरु झन् आक्रोशित भएका थिए । कांग्रेस सांसद नरेन्द्रकुमार केरूङ खरेलले यस्तो बोल्दा रोस्ट्रमतिर अघि बढ्न खोजेका थिए ।

त्यसक्रममा कांग्रेस प्रमुख सचेत वासना थापाले थुम्थुम्याएर पछाडि हटाएकी थिइन् । यसअघि सभामुखले नै संसद्‌मा अर्यादित शब्द प्रयोग नगर्न भन्दै पटक पटक रुलिङ गरेका थिए । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली देखि एमाले संसदीय दलका नेता रामबहादुर थापा समेतको बोली यसअघि संसदीय रेकर्डबाट हटाइएको थियो ।

मलाइ आज गहिरोसँग महसुस भयो । आठ वटा अध्यादेश सरकारले किन ल्याउनुपर्‍यो भनेर महसुस भइरहेको छ मलाई’ उनले भने, ‘संसद् यसैगरी चलेर विगत वर्षदेखि हामीले२०७२ सालमा संविधान बनेदेखि जति ऐन बनाउनुपर्ने थियो त्यति किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ ।’

विपक्षीहरूतर्फ चोर औंला देखाउँदै उनले विपक्षी दलका सांसदहरूको तमासाको संज्ञा दिएका हुन् ।

उनले थपे, ‘संसदीय तामासा हामीले जुन देखाइरहेका छौं । सँधै सकारात्मक मात्रै हुँदैन ।’

जनताका कानुन बनाउने सन्दर्भमा विपक्षी दलका सांसदहरू पनि उत्तिकै जिम्मेवार हुनुपर्ने भनेर आग्रह गरे । प्रधानमन्त्री उपस्थित हुने वा नहुने कुराले कानुन बनाउने प्रक्रियामा अवरोध गर्न मिल्छ ?’ उनले प्रश्न गरे ।

सांसद खरेलको उत्तेजित अभिव्यक्तिपछि विपक्षी दलका सांसदहरू थप उग्र बने । त्यसपछि सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?