+
+
Shares

विदेशमा रहेका नेपालीहरूका लागि परराष्ट्रले ल्यायो ‘मोफा मित्र’ एप

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १६:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्र मन्त्रालयले १२ जेठमा विदेशमा रहेका नेपालीको गुनासो र समस्या सम्बोधन गर्न 'मोफा मित्र' एप सञ्चालनमा ल्याएको छ ।
  • “प्रविधिको अत्यधिक प्रयोग गरेर समस्यामा परेका नेपालीका समस्या समाधान गर्न हामी प्रतिबद्ध छौं,” मन्त्री खनालले भने ।
  • यो एपमार्फत विदेशमा रहेका नेपालीहरूले सिधै सम्बन्धित नियोगमा आफ्ना गुनासो र उजुरी पठाउन सक्नेछन् ।

१२ जेठ, काठमाडौं । विदेशमा रहेका नेपालीहरूको लागि परराष्ट्र मन्त्रालयले मोफा मित्र एप ल्याएको छ ।

परराष्ट्र अन्तर्गतको कन्सुलर सेवा विभागले उक्त एप सञ्चालनमा ल्याएको हो । परराष्ट्रमन्त्री शिशिर खनालले एक कार्यक्रमबीच उक्त एपको उद्घाटन गरेका छन् ।

आफ्नो स्मार्टफोनमा उक्त एप डाउनलोड गरेर विदेशमा रहेका नेपाली तथा उनीहरूका आफन्तले आफ्नो गुनासो तथा समस्या राख्ने सक्नेछन् ।

विभागका महानिर्देशक दुरपदा सापकोटाले विदेशमा रहेका नेपालीहरूका उजुरी, गुनासा, उद्धार लगायतका कार्य उक्त एप मार्फत सहजै गर्न सक्ने बताइन् ।

हाल सञ्चालनमा रहेको अनलाइन प्रणालीमा उजुरी तथा समस्या राख्न सक्छन् । तर, उक्त अनलाइनमा भने विभागमा उजुरी आइसकेपछि विभागले सम्बन्धित नियोगमा पठाउने गरेको छ । तर उक्त एपमार्फत सिधै नियोगमा उजुरी गर्ने उनको भनाइ छ ।

उद्घाटनमा मन्त्री खनालले सहज पहुँच सुनिश्चित गर्नका लागि उक्त एप सञ्चालनमा ल्याइएको बताए । विदेशमा रहेका नेपालीहरू समस्यामा परेको खण्डमा वा उद्धार गर्नुपर्ने अवस्था आएको खण्डमा एप मार्फत नै सहज हुने बताए ।

‘एउटा एपले यहाँहरूको गुनासो सम्बोधन हुन्छ भन्ने हाम्रो अपेक्षा छ । प्रविधिको अत्यधिक प्रयोग गरेर समस्यामा परेका नेपालीका समस्या समाधान गर्न हामी प्रतिबद्ध छौं,’ मन्त्री खनालले भने ।

प्रविधिमार्फत हरेक नेपालीको हातहातमा पुर्‍याउने उद्देश्यसहित एप सञ्चालनमा ल्याइएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?